skip this farak Kura Pravakar

बारामा बालकमाथि धारिलो हतियार प्रहार

3.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढमा एक बालकमाथि धारिलो हतियार प्रहार भएको छ ।

निजगढ नगरपालिका–१० लालमा धारिलो हतियार प्रहारबाट बालक घाइते भएका छन् । घाईते बालकको निजगढ ८ शहीदचोकस्थि निजगढ नेशनल हस्पिटलमा उपचार भईरहेको ईलाका प्रहरी प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए । बालकलाई २० वटा टाँका लगाईएको छ ।

बकैया गाउपालिक– १ घर भई आफन्तको घरमा बस्दै आएका १२ वर्षीय रोशन बोम्जनलाई आईतवार बिहान ४ बजे धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

आफन्त अंशु बोम्जनको घरभित्र सुतिरहेको अवस्थामा कोठाभित्र प्रवेश गरि धारिलो हतियारले टाउकोमा प्रहार गरेको हो ।

घरेलु हतियार खुर्पाले घाटी रेट्ने प्रयास गर्दा बालक बोम्जनले प्रतिकार गरेका थिए । बालकले होहल्ला गरेपछि गाउँलेले थाहा पाएका थिए । बालकलाई आक्रमण गर्ने गढी गाउपलिका १ घर बताउने अन्दाजी ३८ वर्षिय सुमन थिङलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

गर्मीका कारण घरका सबैजना घरबाहिर सुतेको मौका छोपेर कोठामा एक्लै सुतिरहेका बालकमाथि आक्रमण भएको हो ।

आक्रमणमा संलग्न थिङलाई पक्राउ गरि घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । घटनाको प्रकृति र पक्राउ परेका व्यक्तिको अवस्थाबारे सोधखोज भईरहेको बताउँदै प्रनि ओलीले घटनाको कारण खासै नदेखिएको जनाए ।

nijgadh-supermart-adz1200-630