skip this

दाङमा विद्यार्थीलाई निर्घातरुपमा कुटपिट गर्ने शिक्षक पक्राउ

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ । दाङको देउखुरीमा विद्यार्थीलाई निर्घातरुपमा कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन् । शिक्षकबाट निर्घात रुपमा कुटिएर राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादव घाईते भएका छन् । यादवलाई चिर्पट, लात्ति र मुक्काले निर्घात कुटपिट गरी गम्भिर घाइते बनाइएको प्रहरीले जनाएको छ ।

जनज्योती मा.वि बेला कक्षा १२ मा अध्यनरत विद्यार्थी मन्साराम यादवसँग शिक्षक पाटेश्वर यावदकी १८ वर्षीय छोरी सुनिता यादवको प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि छोरीका बुवा शिक्षक पाटेश्वर यादवले योजनाबद्ध रुपमा निर्घात रुपमा कुटपिट गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

nijgadh-supermart-adz1200-630