skip this farak Kura Pravakar

मोरङमा १४ वर्षीया बालिका बलात्कृत

2.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मोरङ ।मोरङमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको थियो । चिनजान भएपछि नजिकिएका नेपालीले निगुरो टिप्न जाउँ भन्दै फकाएर जंगल लगेर बिहे गर्छु भनेर करणी गरेको प्रहरीको भनाई छ ।

त्यसको प्रतिकार गर्दा बालिकाको घाँटी, अनुहार र शरीरका विभिन्न भागमा चोटसमेत लागेको छ । बिहे गर्छु भन्दै बलात्कार गरेपछि नेपालीले बालिकालाई आफ्नो घर पनि लिएर गएका थिए । आफू असुरक्षित भएको भन्दै बालिका प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो ।

nijgadh-supermart-adz1200-630