skip this farak Kura Pravakar

बारामा मनि चेन्जरबाट हुण्डिको कारोबार ! एक महिनामै दुई करोडको ट्रान्जेक्सन (भिडियो)

संगठित रुपमै कारोकार भएको छ : प्रहरी उपरीक्षक काफ्ले

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारामा मनि चेन्जरबाट हुण्डिको कारोबार हुने गरेको खुलासा भएको छ ।

यस्तो कारोबारबारे बारे प्राप्त गरेको सूचनालाई पच्छाईरहेको प्रहरीले यसमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले २१ लाखको अवैध रकम समेत फेला पारेको हो ।

मलेसिया, इण्डिया र नेपालका व्यक्तिहरु मिलेर विदेश पैसा उतै राख्ने र नेपाली मुद्रा नेपालका आफन्तलाई घरमै पुर्‍याउने अवैध कारोबार गर्दै आएको फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

‘एक महिनामै दुई करोडको ट्रान्जेक्सन भएको देखिएको छ,’ प्रहरी उपरीक्षक काफ्लले भने–मलेसियामा काम गर्ने नेपालीको कमाएको रकम हुण्डिमार्फत घरघरमा पुग्ने गरेको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले शुक्रबार कलैया उप–महानगरपालिका वडा नम्बर ६ स्थित अस्पताल रोडबाट २९ वर्षिय रंजित सर्राफलाई पक्राउ गरेपछि थप कारोकारी पक्राउ परेका थिए । उनी भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलका हुन् ।

सर्राफले कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्दै आएका थिए । उनको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली पाँच लाख समेत फेला परेको थियो ।

प्रहरीले कारोबारमा संलग्न कलैया ७ मा बस्ने ३१ वर्षिय कलामुदिन अंसारी पक्राउ गरेको छ ।

त्यस्तै महागढीमाई नगरपालिका–१ मा का ३९ वर्षिय मेराजुल हक अंसारी रहेका छन् । उनीहरु कलैया–४ मा सञ्चालित आसिफ मनि चेन्जरका संचालक हुन् ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय छत्वा, बाराबाट खटिएको प्रहरी टोलिले आईतबार विश्रामपुर गाँउपालिका वडा नं. १ छत्वा कलयाणपुर सुलिगेटबाट दुई जना पक्राउ परे ।

पक्राउ पर्नेमा भारत, राज्य बिहार, जिल्लामोतिहारी, ग्राम स्यामपुर बस्ने अन्दाजी ४२ वर्षिय कृष्ण लाल प्रसाद र भारतकै राज्य बिहार, जिल्लामोतिहारी, ग्रामअरेरा बस्ने अन्दाजी ४० वर्षिय रबि शंकर सिंह रहेका छन् ।

उनीहरुलाई भारतबाट नेपाल तर्फ आउदै गरेको बीआर ०५ए आर ३५०९ नम्बरको भारतीय मोटरसाईलसहित पक्राउ गरेको हो । उनीहरुबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली १६ लाख नौ हजार रूपैया बरामद भएको छ ।

हुण्डी कारोबारीलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

 

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630