skip this

अब कलैयामा छिटै नै यातायात कार्यालय राखिन्छ : यातायात मन्त्री चन्दन सिंह

कलैया बसपार्कलाई व्यवस्थित गर्नका लागि सक्दो प्रयास गर्ने उद्घोष

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कलैया–मधेस प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री चन्दन सिहले अब छिटै नै यातायात कार्यालय कलैयामा राखिने बताएका छन् ।

जनमत पार्टी जिल्ला समन्वय समिति बारा जिल्ला पार्टी कार्यालयको उद्घाटन तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई कलैयामा आईतवार सम्बोधन गर्दै मन्त्री सिंहले त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय भईसकेको जानकारी दिए ।

उनले चाडै नै यहाँका जनताहरुले आफ्नै जिल्लाबाट यातायातका सम्पुर्ण कामकाज सहज, सुलभ एवम् छिटो छरितो रुपमा सेवा पाउन विश्वास व्यक्त गरे ।

यातायातमा देखिएको बेथितीलाई अन्त्य गर्नेका लागि आफु कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री सिहले राजस्वलाई वृद्धि गर्ने गरि काम अगाडी बढाउनका लागि मातहतका सबैलाई निर्देशन दिईसकेको बताए ।

यातायात कार्यालयलाई अनलाईन मार्फत सेवा प्रदान गर्ने सोच रहेको हुँदा सोहि अनुरुप मन्त्रालयले काम अगाडी बढाई रहेको जानकारी गराएका थिए ।

कलैया बसपार्कलाई व्यवस्थित गर्नका लागि आफुले सक्दो प्रयास गरि निकट भविष्यमा नै बसपार्क निर्माणका कामहरु अगाडी बढाउने प्रतिवद्धता जाहेर गरे ।

भष्ट्राचारलाई निर्मुल पार्न र किसानहरुहरुलाई मलखाद, बिउबिजन, सिँचाई सहज, सुलभ रुपमा छिटो छरितो उपलब्ध गराउने लक्ष्य सहित जनमत पार्टीले आफना कामकाज अगाडी बढाई रहेको चर्चा गर्दै मन्त्री सिंहले मुलुकमा विधिको शासन र कानुनी राज्यको अभास सर्वसधारण नागरिकलाई गराउनका लागि राज्यसंग निरन्तर खबरदारी समेत गरिरहेको जानकारी दिए ।

जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य सुनिल यादव, ओमप्रकाश साह, रामबाबु साह, रौसन खातुन, यूवा नेता बिजय गुप्ता लगायतकाले आफनो बिचार व्यक्त गरेका थिए ।

nijgadh-supermart-adz1200-630