सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु
वि.सं.२०७९ असार ५ आइतवार १३:०६
2.15K
shares

काठमाडौं । सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका– ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिंदा करेन्ट लागेर गोलबजार नगरपालिका१ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याए पनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ।शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
वि.सं.२०७९ असार ५ आइतवार १३:०६

















