skip this

सर्लाहीमा करेन्ट लागेर युवकको मृत्यु

2.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा विद्युत करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–९ का रघुनाथ साहका छोरा ३६ वर्षीय अवधेश साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मंगलबार दिउँसो घरमै रहेको कलमा पानी खिच्ने क्रममा अवधेशलाई करेन्ट लागेको थियो ।

मोटर चलिरहेको कलमा पानी खिच्ने क्रममा करेन्ट लिक भएर साहलाई करेन्ट लागेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

अवधेशलाई उपचारका लागि तत्काल अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको बताईएको छ ।

मृतक अवधेश सदरमुकाम मलंगवामा लामो समयदेखि रघुनाथ होटल सञ्चालन गर्दै आईरहेका रघुनाथ साहका छोरा हुन् ।

nijgadh-supermart-adz1200-630