skip this farak Kura Pravakar

वीरगन्जमा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा । वीरगन्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् ।

रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630