मोरङको ग्रामथान मोटरसाइकलको चक्कामा सल बेरिएर युवतीको मृत्यु
वि.सं.२०७९ वैशाख ७ बुधवार १०:३८
1.83K
shares

काठमाडौं । मंगलबार साँझ मोरङमा मोटरसाइकलको चक्कामा सल बेरिएर युवतीको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलको चक्कामा सल बेरिएर एक युवतीको मृत्यु भएको हो।
सडकमा गुडिरहेका बेला को ३८ प २२०३ नम्बरको मोटरसाइकलको चक्कामा सल बेरिएर सुनसरीको इटहरी उपमहानगरपालिका–८ की अन्दाजी २१ वर्षीया रेश्मा नेपालीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ वैशाख ७ बुधवार १०:३८

















