कञ्चनपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बस दाउन्नेमा दुर्घटना
वि.सं.२०७९ साउन ११ बुधवार ०८:०८
2.13K
shares

काठमाडौं । आज बिहान करीब ५ बजे नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा यात्रुबाहक बस दुर्घटना भएको छ । दाउन्नेको ओरालो कटेपछि बस पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कञ्चनपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ५१०० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनामा २१ जना सामान्य घाइते भएका छन् भने थप ४ जनाको अवस्था गम्भीर रहेको छ । बस पल्टिएपछि आगलागी समेत भएको छ । अहिले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ साउन ११ बुधवार ०८:०८

















