नुवाकोटमा खोलाले बगाएर वडा सदस्य तामाङको मृत्यु
वि.सं.२०७९ साउन ११ बुधवार ०८:३३
1.07K
shares

काठमाडौं । मङ्गलबार साँझ नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको हो । बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको थियो । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।
वि.सं.२०७९ साउन ११ बुधवार ०८:३३

















