काठमाडौं उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारवाही
वि.सं.२०७९ साउन ३० सोमवार ११:१९
1.43K
shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन् ।यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार ११:१९

















