skip this

अभिनेता प्रदीप खड्काको समर्थन दीपक बोहरालाई

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उमेदवार दीपक बाेहाेरालाई मतदान गर्न आग्रह गरेका छन् । बाेहाेरा पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपाका नेता हुन । उनले प्रतिस्पर्धीका रुपमा गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँण छन् । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

‘दीपक बाेहराजस्ताे विकास प्रेमी नेतालाई मत दिनु सबैकाे हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बाेहराजीकाे बारेमा धेरै राम्रा कुरा सुनेकाे छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नाेक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहाेस् ।’

खड्का र गाेमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीकाे विकासकाे लागि दिपक बाेहराकाे जित आवश्यक रहेकाे र मतदान गर्न अपिल गरेकाे  करभिका थापाले बताइन् । 

nijgadh-supermart-adz1200-630