आदर्श कोतवाल गाउँपालिकामा तीन दिन विद्यालयमा जाडो विदा
वि.सं.२०८१ माघ ८ मंगलवार २०:३२
375
shares

बारा–आदर्श कोतवाल गाउँपालिकामा तीन दिन विद्यालयमा जाडो विदा दिएको छ ।
अत्यधिक चिसो बढेको कारणले विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाइ मध्यनजर माघ ९ देखि ११ गते सम्म तीन दिनका लागि विद्यालयमा पठनपाठन सम्बन्धी कार्य बन्द गर्न आग्रह गरेको छ ।
शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद यादवले एक सूचना प्रकाशित गरेर बर्षे विदाबाट कट्टा हुने गरी तीन विदा गरिएको जनाएका छन् ।
वि.सं.२०८१ माघ ८ मंगलवार २०:३२

















