skip this farak Kura Pravakar

७ महिनाको रस्साकस्सीपछि बकैया ठाकुर सामुदायिक वनले पायो नयाँ नेतृत्व, सहमतिपछि निर्विरोध बन्यो कार्यसमिति

नव निर्वाचित कार्यसमितिलाई १९ गते शपथ ग्रहण गराउने

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–७ महिनाको रस्साकस्सीपछि बाराको निजगढ–९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समुहले नयाँ नेतृत्वमा सहमति बनेको छ ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रकृया सुरु गरेपछि भएको सहमति अनुसार कार्यसमिति निर्विरोध बनेको छ । विहीबार भएको मनोनयनमा पाँच जना निर्विरोध भएका थिए ।

फागुन १६ गते उम्मेदवारी माथि दावी विरोधको दिन अध्यक्ष पदका दुई जना, उपाध्यक्ष, सहसचिव र खुल्ला सदस्य र महिला सदस्य पदका एक/एक जनाले उम्मेदवारी फिर्ता लिएसँगै नयाँ सहमति बनेको हो ।

नयाँ सहमति अनुसार अध्यक्ष पदका एमालेका गणेश राजभण्डारी र राप्रपाका पदमबहादुर श्रेष्ठले उम्मेदवारी उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी शान्ति पहरी निर्विरोध अध्यक्ष निर्वाचित भएकी छिन् ।

त्यसैगरि उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेकोमा एमालेका ध्रुवकुमार ठकुरीले फिर्ता लिएपछि कांग्रेसका दिपक कुमार बुढाथोकी निर्विरोध उपाध्यक्ष निर्वाचित भएका छन् ।

सचिव पदमा एक जनाको मात्रै उम्मेदवारी परेसँगै नेकपा (एमाले) की फकामी सचिवमा विहीबार नै निर्विरोध भएकी थिईन् ।

सहसचिवमा दुई जनाको उम्मेदवारी परेकोमा एमालेकी गिता महतले फिर्ता लिएसँगै नेकपा (माओवादी) केन्द्रका शेख अन्जर निर्विरोध सहसचिव निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा कांग्रेसकी विष्णु पराजुलीले फिर्ता लिएसँगै एमालेकी रमाकुमारी न्यौपाने निर्विरोध कोषाध्यक्ष निर्वाचित भएकी छिन् ।

सदस्यहरू १२ मध्ये ७ जना महिला सदस्य ५ जना खुल्ला सदस्यमा पनि सहमतिमा नै निर्विरोध भएका छन् । महिला सदस्यमा कांग्रेसकी रमा घिमिरे, विष्णुमाया लामा, सुमन्ता भण्डारी, एमालेकी बिन्दा बजगाई अधिकारी, करिमा बल, शुसिला सत्याल, समिता रखाल निर्विरोध भएका छन् । सहमतिमा काँग्रेसकी विष्णुमाया खड्काको उम्मेदवारी फिर्ता लिईएको थियो ।

त्यस्तै ५ जना खुल्ला सदस्यमा ६ जनाको उम्मेदवारी परेको थियो । खुला सदस्यमा कांग्रेसका सिताराम साह लोहारको उम्मेदवारीले उम्मेदवारी फिर्ता लिएसँगै एमाले मुनुलाल भ्लोन, भरतनाथ दुलाल, विष्णुप्रसाद तिमल्सिना र कांग्रेसका श्रवण कुमार श्रेष्ठ, गोकुल खत्री निर्विरोध भएका छन् ।

कुल १७ पदमा सहमतिमा कार्यसमिति निर्विरोध भएको निर्वाचन मण्डलका सदस्य निरज पोखरेलले जानकारी दिए । उनले नव निर्वाचित कार्यसमितिलाई १९ गते शपथ ग्रहण गराउने/प्रमाणपत्र वितरण गर्ने कार्यसूची बताए ।

nijgadh-supermart-adz1200-630