skip this farak Kura Pravakar

बकैया ठाकुर सामुदायिक वन : अध्यक्षमा तीन जनाकाे उम्मेदवारी, सचिव र महिला सदस्य निर्विरोध

777 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-बाराको निजगढ–९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समुहकाे सचिव पदमा नेकपा (एमाले) की फकामी सचिवमा निर्विरोध भएकी छिन् ।

अध्यक्षमा तीन जनाकाे उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा एमालेका गणेश राजभण्डारी, कांग्रेसकी शान्ति पहरी र राप्रपाका पदमबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

उपाध्यक्षमा दुई जनाकाे उम्मेदवारी परेकाे छ । उपाध्यक्षमा एमालेका ध्रुवकुमार ठकुरी र कांग्रेसका दिपक कुमार बुढाथोकीकाे उम्मेदवारी दर्ता भएको छ ।

सहसचिवमा दुई जनाकाे उम्मेदवारी परेकाे छ । सहसचिवमा एमालेकी गिता महत र नेकपा (माओवादी) केन्द्रका शेख अन्जरकाे उम्मेदवारी दर्ता भएको छ ।

काेषाध्यक्षमा एमालेकी रमाकुमारी न्याैपाने र कांग्रेसकी विष्णु पराजुलीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

सदस्यहरू १२ मध्ये ७ जना महिला सदस्य ५ जना खुल्ला सदस्यमा १० जनाकाे उम्मेदवारी परेकाे छ ।

७ महिला सदस्यमा ४ जनाकाे मात्र उम्मेदवारी परेकाे छ । महिला सदस्यमा कांग्रेसकी रमा घिमिरे, हिरामाया खड्का, सुमन्ता भण्डारी, एमालेकी बिन्दा बजगाई अधिकारी निर्विरोध भएका छन् ।

त्यस्तै ५ जना खुल्ला सदस्यमा ६ जनाकाे उम्मेदवारी परेकाे छ ।

खुला सदस्यमा एमाले मुनुलाल भ्लाेन, भरतनाथ दुलाल, विष्णुप्रसाद तिमल्सिना र कांग्रेसका श्रवण कुमार श्रेष्ठ, गाेकुल खत्री, सिताराम साह लाेहारकाे उम्मेदवारी दर्ता परेकाे छ ।

कुल १७ पदमध्ये १५ पदमा २० जनाकाे उम्मेदवारी परेकाे र पाँच जना निर्विरोध भएकाे निर्वाचन मण्डलका सदस्य निरज पाेखरेलले जानकारी दिए ।

जसमा एमालेका दुई र कांग्रेसका तीन जना निर्विरोध भएका हुन् ।

nijgadh-supermart-adz1200-630