skip this farak Kura Pravakar

उपमेयर अधिकारीको पत्रपछि निर्माण व्यवसायिलाई भुक्तानी रोकिने चिन्ता ! मेयर पौडेललाई बुझाए पत्र

2.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–उपमेयर भोलाप्रसाद अधिकारीले प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका निर्माण व्यवसायिलाई चिन्तित बनाएको छ ।

उपमेयर अधिकारीले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई पत्र लेखेर बजेट कार्यान्यन र नगरलाई दुरगामी प्रभाव पार्ने कार्य/निर्णय नगर्न आग्रह गरेका थिए ।

उपमेयर अधिकारीले लेखेको पत्र बाहिरिएसँगै निर्माण व्यवसायि चिन्तित बनेका हुन् । नगर निमार्ण ब्यवसायी संघ, जीतपुरसिमरा उपमहानगर पालिका सिमरा –२ बाराले मेयर राजन पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पत्रमा संघसंग आवद्ध निमार्ण व्यवसायीहरुको भुक्तानी समयमै नभएको प्रति ध्यानाकर्षण भएको उल्लेख छ । पत्रमा भनिएको छ–निमार्ण व्यवसायीहरुले आफनो जाय जेथा, जग्गा जमिन वैकमा जमानत राखी व्यवसाय गर्दै आएको त्यस पालिकालाई अवगत नै छ । बैंकको व्याज, किस्ता र आन्तरीका राजश्व कार्यालयको राजश्व प्रत्येक महिनाको २५ गते भित्र कर विजक कटिसके पछि राजश्व कार्यालयमा राजश्व तिर्नु पर्ने हुन्छ ।

राजश्व समेत प्रभावित हुने देखिएको हुदा सो समेत लाई मध्य नजर गर्दै त्यस पालिकाले भुक्तानी गर्नुपर्ने व्यवसायीहरुको भुक्तानी चाडो भन्दा चाडो गरीदिन ध्यानाकर्षण पत्रमार्फत आग्रह गरेका छन्।

संघका अध्यक्ष दिपक कुमार ठाकुरको नेतृत्वमा गएको टोलीमा सचिव राजेन्द गौतम, कोषाध्यक्ष राम कुमार अर्याल, सहसचिब अर्जुन लामिछाने, सदस्यहरु बिजय बोम्जन, बलराम क्षेत्री, देवराज नेपाल लगायत सहभागि थिए ।

 

nijgadh-supermart-adz1200-630