जीतपुरसिमराका १५ वटा वडाका सचिवको जिम्मेवारी बाँडफाँड, कसलाई कहाँ (सूचीसहित)
वि.सं.२०८१ साउन १६ बुधवार १५:२२
बारा– बाराको जीतपुरसिमरा उपमहानगररपालिकाले २४ वटा वडा मध्ये १५ वटाका वडा सचिवको जिम्मेवारी बाँडफाँड गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लले १४ जना वडा सचिवलाई नयाँ वडा कार्यालयमा जिम्मेवारी दिईएकी छिन् भने एक जनालाई नगर कार्यपालिका कार्यालयमा सहायक कर्मचारीको जिम्मेवारी तोकेकी हुन् ।
कसलाई कहाँ ?
वडा नं. १ की वडा सचिव सहायक पाचौ (प्रशासन) लक्ष्मी लामालाई २ नं. वडा कार्यालयमा वडा सचिवको जिम्मेवारी दिईएको छ ।
त्यस्तै १५ नं. वडा कार्यालय वडा सचिव सहायक पाँचौ (प्रशासन) प्रदिप रेग्मीलाई ११ नं. वडा कार्यालयमा वडा सचिवकै जिम्मेवारी दिईएको छ ।
त्यस्तै ६ नं. वडा कार्यालयका वडा सचिव सहायक पाँचौ (प्रशासन) गोविन्द पोखरेललाई ७ नं. वडा कार्यालयमा वडा सचिवको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै ७ नं. वडा कार्यालयका वडा सचिव सहायक चौथो (प्रशासन) दिल्ली प्रसाद ढुंगानालाई वडा नं. ३ र ६ नं. वडा कार्यालयको वडा सचिवको जिम्मेवारी दिईएको छ ।
त्यसैगरि १४ नं. वडा कार्यालयकी वडा सचिव सहायक पाँचौं (प्रसासन) रंजु अधिकारीलाई १ नं. वडा कार्यालयमा वडा सचिवको जिम्मेवारी दिईएको छ ।
त्यस्तै २ नं. वडा कार्यालयका सचिव (सर्वेक्षक पाँचौं) कृष्णदेव राउतलाई ९ नं. वडा कार्यालयमा वडा सचिवको जिम्मेवारी दिईएको छ ।
त्यस्तै ३ नं. वडा कार्यालयका सचिव (तथ्यांक सहायक) पाँचौ) नागेश्वर ठाकुरलाई ५ नं. वडा कार्यालयको वडा सचिवको जिम्मेवारी दिईएको छ ।
त्यस्तै २४ नं. वडा कार्यालयका सचिव सहायक पाँचौं (प्रशासन) कृष्णनाम प्रसाद चौधरीलाई १० नं. वडा कार्यालयको वडा सचिवको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै ५ नं. वडा कार्यालयका सचिव सहायक पाँचौं (प्रशासन) अर्जुन पाण्डेलाई १५ नं. वडा कार्यालयको वडा सचिवको जिम्मेवारी दिईएको छ ।
त्यस्तै ११ नं. वडा कार्यालयका वडा सचिव सहायक पाँचौं (प्रशासन) त्रिलोक कुमार ठाकुरलाई १४ नं. वडा कार्यालयमा वडा सचिवको जिम्मेवारी तोकिएको छ ।
२३ नं. वडा कार्यालयका वडा सचिव सहायक पाँचौं (प्रशासन) सिद्धार्थ चौधरीलाई १९ नं. वडा कार्यालयको वडा सचिवको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै १९ नं. वडा कार्यालयका वडा सचिव सहायक पाँचौं (लेखा) रणधिर यादवलाई २४ नं. वडा कार्यालयको वडा सचिवको जिम्मेवारी दिईएको छ ।
त्यस्तै १० नं. वडा कार्यालयका वडा सचिव सहायक चौथो (प्रशासन) संगिता चौधरीलाई २३ नं. वडा कार्यालयमा वडा सचिवको जिम्मेवारी दिईएको छ ।
९ नं. वडा कार्यालयकी सचिव सहायक चौथो (प्रशासन) स्मृति वर्मालाई ८ नं वडा कार्यालयको वडा सचिवको जिम्मेवारी तोकिएको छ ।
८ नं वडा कार्यालयका वडा सचिव सहायक पाँचौं (प्रशासन) रौशन कुमार मिश्रलाई नगरकार्यपालिकाको कार्यालयमा सहायक कर्मचारीको जिम्मेवारी तोकिएको छ ।
सूची :
वि.सं.२०८१ साउन १६ बुधवार १५:२२