कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी
आठौंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग
वि.सं.२०७९ असार २४ शुक्रवार ०७:३९
2.57K
shares

काठमाडौं-कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।
प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।
त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ ।
कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ ।
साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।

वि.सं.२०७९ असार २४ शुक्रवार ०७:३९

















