skip this yams_Max_Hospital.jpeg

प्रदेश सभा र पार्टी अध्यक्षमा पराजित अखिलेश्वरको काँधमा भूमि समस्या समाधान आयोग रौतहटको नेतृत्व

300 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–भूमि समस्या समाधान आयोगको रौतहट जिल्ला अध्यक्षमा अखिलेश्वर चौधरी नियुक्त भएका छन् ।

नव नियुक्त जिल्ला अध्यक्ष चौधरीले शुक्रबार शपथ ग्रहण गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा ६ जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शपथ गराएका हुन् ।

यसअघि सोमबार ७१ जिल्लाका भूमि आयोगका अध्यक्षले शपथ गरेकोमा प्राविधिक कारणले छुट्न गएका ६ जिल्लाका अध्यक्षलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शपथ ग्रहण गराएका छन् ।

जिल्ला जिल्लामा गठन हुने भूमि आयोगले पूर्णता पाएको छ । बाँकी रहेका ६ जिल्लामा भूमि आयोग गठन भएसँगै जिल्ला आयोगले पूर्णता पाएको हो ।

को हुन् अखिलेश्वर ?

रौतहट चन्द्रपुर नगरपालिका सन्तपुरका ५७ वर्षिय अखिलेश्वर नेकपा (एमाले) का स्थानीय नेता हुन् ।

एक वर्षअघि एमाले रौतहट जिल्ला अध्यक्ष पदमा भएको निर्वाचनमा सच्चिदानन्द साहसँग १८ मतको अन्तरले पराजित भएका थिए । उनी एमालेको पूर्व मधेस प्रदेश कमिटी सदस्य हुन् ।

त्यसअघि आम निर्वाचन २०७९ मा प्रदेश सभाका उम्मेदवार समेत हुन्, अखिलेश्वर । रौतहट क्षेत्र नम्बर ४ (क) मा एमालेका उम्मेदवार रहेका उनी नेकपा (माओवादी केन्द्र) का युवराज भट्टराई समिरसँग पाँच हजार ८७ मतान्तरले पराजित भएका थिए ।

nijgadh-supermart-adz1200-630