skip this farak Kura Pravakar

सामाजिक उत्तरदायित्व निभाउँदै निजगढ सिटी हस्पिटल

माघ ५ मा रामथली र माघ १६ मा सिंगौलमा हुने शिविरमा सहयोग गर्ने

1.76K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नं. ९ बकैया टोलमा सञ्चालित निजगढ सिटी हस्पिटलले सामाजिक उत्तरदायित्व निभाउन थालेको छ ।

अस्पतालले विरामीको उपचारसँगै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा समेत सहयोग गर्ने र शिविरहरुमा समेत सहयोगि भूमिका निभाउन थालेको हो ।

अस्पतालले निजगढ–१० लालमा सञ्चालित तेस्रो ल्होछार कप नकाउट फुटबल प्रतियोगितामा प्राथमिक उपचारका सामाग्री सहयोग गरेको हो ।

अस्पताल व्यवस्थापनले योङ्ग स्टार युनाइटेड क्लवका अध्यक्ष आशिष बोम्जनलाई सामाग्री हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा अस्पतालका सञ्चालक सञ्जिब यादव, नरेश घिमिरे, डा. निश्चलराज अधिकारी सहभागि थिए ।

त्यस्तै निजगढ, १२ रामथलीस्थित मन्जुश्री आधारभुत विद्यालयमा ५ माघ (भोली) निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा निजगढ सिटी हस्पिटलले प्रविधि सहयोग गर्ने भएको छ ।

लायन्स क्लबको सहकार्यमा १२ नं. वडा कार्यालय निजगढ न.पा., बाराको मुख्य सहयोगमा हुने शिविरमा जनरल फिजिसियन, ईएनटी नाक कान घाटी परीक्षण हुने शिविरको लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी, लायन्स क्लब अफ निजगढ युथले संयुक्त रुपमा आयोजना गरेको हो ।

त्यसैगरि राष्ट्रिय युवा संघ नेपाल, निजगढ नगर कमिटी, बाराको आयोजनामा १६ माघमा हुने वृहत् निःशुल्क स्वास्थ्य शिविरमा अस्पतालले सहयोग गर्ने भएको छ ।

निजगढ वडा नं. ३ नं. वडा कार्यालय संगै रहेको लालिगुरास आधारभूत विद्यालयमा सञ्चालन हुने शिविरमा भिडियो एक्सरे, नाक कान घाँटी, नशा तथा हार्ड जोर्नी, स्त्री तथा योन रोग, सुगर, प्रेसर, थाइराईड, आखाँ सम्बन्धि परामश, दाँत तथा गिजाको परीक्षण तथा उपचार हुनेछ ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630