टिकटक ग्रुपले जोडेको साईनो ! तीजमा यसरी रमाए (फोटोफिचर)
वि.सं.२०७९ भदौ ११ शनिवार ०९:१७

काठमाण्डौं–सामाजिक सञ्जाल विश्वव्यापी साइनो जोड्ने माध्यम बनिरहेको छ । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक त्यस्तै एउटा शसक्त माध्यम बनिरहेको छ ।
विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने माध्यम बनेकोे एउटा टिकटक ग्रुप हो–अल नेपाल टिकटक ग्रुप ।
टिकटक भिडियोमा नेपाली झण्डासहितको #allnepaltiktokgroup ह्यास ट्याग प्रयोग गर्ने यो समुहका सदस्य छन् ।
यो समुहकी संयोजक हुन्–काष्ठमाण्डौं टेलिभिजनकी प्रवन्धक तथा नीति सुशासन कार्यक्रमकी प्रस्तोता राधा रिमाल । उनका अनुसार समुहमा ह्यास ट्याग प्रयोग गर्ने ४२ हजार सदस्य छन् ।

समुहले भिडियो राखेर रमाईलो मात्र गरेको छैन, विभिन्न मानव कल्याणका कार्यमा समेत हात अघि बढाएको छ । समुहले मेलम्ची बाढी पीडितदेखि विभिन्न समयमा दिनदुखी र असहायलाई सहयोग गर्दै आएको संयोजक रिमालले जानकारी दिईन् ।

समुहलको राष्ट्रिय सम्मेलन समेत भईसकेको छ । सम्मेलनमार्फत विभिन्न जिम्मेवारी समेत बाँडफाड गरिएको छ । समुहले विभिन्न चाडबाडको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएको छ ।
तीज पर्वको अवसर पारेर समुहले शुक्रबार धुम्बाराहीस्थित मुनलाइट क्याफेमा आयोजित कार्यक्रममा कलाकार, उपत्यकाभित्रका लाइभ होस्टर, सामाजिक अभियन्ता र विभिन्न संघसंस्थाका प्रमुखलाई आमन्त्रित गरिएको थियो ।

समुहकी संयोजक रिमालको अध्यक्षतामा भएको कार्यक्रममा लोकगायिका राधिका हमालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डेमोक्याट्रिक लयर्स एसोसिएसनकी महासचिव लक्ष्मी दाहाल रावल लगायत टिकटक लाइभ होस्टर मिमिजुली परिवारका अध्यक्ष राजन कंडेल, ठिकठिक सञ्जय श्रेष्ठ, लाज किन बाबाका राजेन्द्र धामी, महासचिव तिर्थराज गौतम, रमाईलो लोकदोहोरीका शंकर पाण्डेल, सिता पाण्डे, बासु अधिकारी, एसी भण्डारी लगायत सहभागि थिए ।

सहभागिलाई चुरा, पोते, टिका, धागो लगायत उपहारसहित शुभकामना आदन प्रदान गरिएको थियो ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय संयोजक रिमालका अनुसार समुहको प्रमुख संरक्षक प्रलाद बर्तौला, वैदेशिक विभाग प्रमुख अभानी कंडेल पाण्डे, वैदेशिक युवा प्रमुख ओमप्रकाश अधिकारी, सदस्य पुजा धितालले आर्थिक सहयोग गरेको ।




वि.सं.२०७९ भदौ ११ शनिवार ०९:१७

















