skip this

आन्दोलनको १८ वर्ष पुग्दा पनि जनताले अमन चयन शान्ति र समृद्धि पाएनन् – कमल थापा

903 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

आज बुटवलमा आयोजित कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाबारे पुनर्विचार तथा विकल्पमा बहस हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष थापाले राष्ट्रपतिले विगतमा स्वार्थ देखाएकाले दलहरूबीच खिचातानी बढेको भन्दै अबको राष्ट्रपतिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने उल्लेख गरेका छन् । राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमन चयन शान्ति र समृद्धि नपाएको उनले बताएका छन् । अध्यक्ष थापाले अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् ।

nijgadh-supermart-adz1200-630