निर्वाचन आयोगद्वारा राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक
वि.सं.२०७९ फागुन १० बुधवार १३:०२
783
shares

काठमाडौं। राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ । आज निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश गरिएको छ ।
प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि बिहिबार १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।
वि.सं.२०७९ फागुन १० बुधवार १३:०२

















