skip this

खैरो हिरोइनसहित बारामा एक भारतीय नागरिक पक्राउ

2.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको विश्रामपुरबाट अवैध लागू औषध खैरो हिरोइन भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पण्डरी वडा नं.३ का ३६ वर्षिय मोहमद मासुम रहेका छन् । विश्रामपुरगाउँपालिका वडा नं.१ बटम चोकस्थित सडक खण्डमा सवारी साधानहरु चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

सिमा प्रहरी चौकी छतवा, बाराबाट खटिएको प्रहरी टोलीले बीआर ३० एफ ५१५६ नम्बरको मोटर साइकल रोकी चेकजाँच गदा मोटरसाइकलको भाइजरको भागमा प्लाष्टिकमा राखी लुकाई छिपाई राखेको अवस्थामा २० ग्राम अवैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) फेला परेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनलाई लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

nijgadh-supermart-adz1200-630