skip this farak Kura Pravakar

बारामा दुई जना फरार प्रतिवादी पक्राउ

2.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । विभिन्न अपराधिक घटना संलग्न रहेकी फरार प्रतिवादी बारामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आईतबार विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

आपराधिक उपद्रव मुद्दामा फरार रहेका जितपुरसिमरा–१८ का जे. के. भन्ने भिम थिङ र लेनदेन मुद्दामा फरार रहेका कलैया –११ का श्रीराम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630