जनकपुरधाममा पोखरीमा डुबेर एकजना वृद्धको मृत्यु
वि.सं.२०७८ चैत १७ बिहीवार २०:०१
1.33K
shares

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पोखरीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको सबैलानगरपालिका-६ निवासी ८० वर्षीय रघुवंश यादव रहेका छन् ।
जनकपुरधाम-८ स्थित बिहारकुण्ड (पोखरी) मा बिहीबार बिहान डुबेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनी जनकपुरधामको बालुवाटोलस्थित छोरीको घरमा बस्दै आएका थिए ।
डुबेपछि स्थानीयले उनलाई तत्कालै सिकिस्त अवस्थामा पोखरीबाट निकालेका थिए । यद्यपी उनको त्यही नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।
वि.सं.२०७८ चैत १७ बिहीवार २०:०१

















