skip this farak Kura Pravakar

नेकपा (एमाले) को समानुपाति बन्द सूचीमा बाराकी अन्जु नेपाली र अमर यादब

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– नेकपा (एमाले) को समानुपाति बन्द सूचीमा बाराका दुई जनाको नाम समावेश भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सार्वजनिक भएको छ । प्राप्त सूची अनुसार एमालेले १०९ जना उमेदवारको नामावली आयोगमा बुझाएको हो ।

जसमा अन्जु नेपाली र अमर राउत यादबको नाम समावेश भएको पाईएको छ । अन्जुको नाम ७८ औं र दलित महिलातर्फ पाँचौं नम्बरमा रहेको छ । त्यस्तै अमरको नाम बन्द सूचीको १०२ र मधेसीतर्फको ५ औं नम्बरमा रहेको छ ।

को हुन् अन्जु

उनी पार्टीको प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज हुन् ।

उनी निजगढ ६ सडकटोलस्थित गौरीशंकर माध्यमिक विद्यालयमा शिक्षण गर्छिन् भने लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष हुन् ।

nijgadh-supermart-adz1200-630