skip this

अनेरास्ववियु बारा जिल्ला कमिटीले माग्याे प्रधानमन्त्री ओलीको राजीनामा (प्रेस विज्ञप्तिसहित)

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी बाराले शान्तिपूर्ण विद्यार्थी प्रदर्शनलाई रक्तपातपूर्ण घटनामा परिणत गरेकोप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ ।

साेमबार जारी गरिएको प्रेस विज्ञप्तिमा विद्यार्थीमाथि गरिएको गोली प्रहार, दमन र जीवनमाथिको प्रहारलाई “क्रूरतापूर्ण र अमानवीय” भन्दै घोर निन्दा र भत्सर्ना गरिएको छ।

अनेरास्ववियु बारा कमिटीका संयोजक महमद अजरुदिन अंसारीले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यो घटनाले सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र विद्यार्थीविरोधी चरित्रलाई पूर्ण रूपमा उदांगो पारेको छ, जसलाई अनेरास्ववियु कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन।”

अनेरास्ववियुले प्रधानमन्त्रीलाई यथाशीघ्र पदबाट राजीनामा दिनुका साथै घटनाका सम्पूर्ण जिम्मेवार व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ। साथै, उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गरी निष्पक्ष अनुसन्धान गर्नुपर्ने, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइते विद्यार्थीको निःशुल्क उपचार सुनिश्चित गर्नुपर्ने लगायतका माग प्रस्तुत गरिएको छ।

विद्यार्थी संगठनले जनसमुदाय र विद्यार्थीहरूलाई अन्याय, दमन र दण्डहीनताको विरुद्धमा दृढतापूर्वक उभिन आह्वान गर्दै घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

nijgadh-supermart-adz1200-630