कार्यपालिका लक्षित कोषबाट मानबहादुरले गराए खानेपानीको पाईप र छानोदेखि विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग
महिला तथा बालबालिकालाई सचेतनादेखि किसानलाई विउसम्म

वि.सं.२०८१ असार २९ शनिवार २२:०४

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।
एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।
कार्यपालिका सदस्य मानबहादुर डासेली भुजेल (अर्जन) निजगढ वडा नं. ३ सिंगौलका हुन् । नेपाली कांग्रेसबाट पहिलो पटक कार्यपालिका सदस्य बनेका हुन् । उनी कांग्रेस वडा सभापति समेत हुन् ।
कार्यपालिका सदस्य भुजेलले कोषबाट खानेपानीको पाईप र छानो मर्मतदेखि विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग, महिला तथा बालबालिकालाई सचेतना र किसानलाई तरकारीको बिउ वितरण कार्यक्रम गरेका छन् ।
के–के भए कार्यक्रम ?
कोषबाट भुजेलले भरतगञ्जसिंगौल खानेपानीको जिर्ण भएको छानो फेर्न योजना प्रस्ताव गरेका छन् । खानेपानी व्यवस्थापन तथा मर्मत सम्भार शिर्षकममा तीन लाख बजेट छुट्याएका हुन् ।
क्रियटिभ स्किल डेभलपमेन्ट प्रा. लि. को आयोजनमा निजगढ २ र ३ मा वितरण हुने खानेपानीको ट्याङकीको जिर्ण छानो फेर्न जस्तापाता र खानेपानी विस्तारको लागि ४ सय पाँच मिटर पाईप खरिद गरिएको हो ।
त्यसैगरि कोषबाट भुजेलले ब्याग तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्तर्गत सिंगौलका ४ वटा विद्यालयमा ४ सय ५० थान व्याग र ७५ जनालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
३ लाख ५० हजार बजेटबाट सामाजिक स्वास्थ्य वातावरण तथा विकास केन्द्र निजगढ ९ को आयोजनामा तीन वटा विद्यालयका विद्यार्थीलाई व्याग र एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
जसअनुसार निजगढ ३ को सरस्वती आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय र लालिगुरास आधारभूत विद्यालय र वडा नं. १ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालयसहित ४ सय ५० विद्यार्थीलाई व्याग वितरण गरिएको छ ।
त्यसैगरि निजगढ वडा नं.२ को लोकप्रिय आधारभूत विद्यालयका ७५ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
त्यसैगरि कोषबाट पाँच सय परिवारलाई अर्गानिक तरकारी तथा मल वितरण फलफुल तथा तरकारीको बिउ वितरण गरिएको छ ।
कोषबाट भुजेलले कार्यपालिका सदस्य सर्मिला वि.क.को सहकार्यमा निजगढ तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लि. मार्फत एक लाख २५ हजार बजेटबाट वडा नं. ३ मा २ सय ५० र वडा नं. ५ मा २ सय ५० जनालाई विउ वितरण गरिएको छ ।
त्यसैगरि कार्यपालिका लक्षित कोषबाट ४ लाख बजेटमा मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले महिला हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम आयोजना गरेको छ ।
जसमा सर्मिलासहित मानबहादुर डासेली भुजेलसहित सर्मिला वि.क., अरुणा वि.क. र मिना चौरेलमार्फत ४ कोषको सहयोगबाट तीन स्थानमा गरिएको कार्यक्रममा ९६ जना सहभागि भएका छन् । निजगढमा ३२ जना, सिंगौलमा ३३ र रतनपुरमा ३१ जना सहभागि भएको कार्यक्रम ७/७ दिन प्रत्येक ब्लकमा सञ्चालन भएको थियो ।

वि.सं.२०८१ असार २९ शनिवार २२:०४