skip this farak Kura Pravakar

कार्यपालिका लक्षित कोषबाट मनमायाले गरिब परिवारलाई छानादेखि गुम्बाको प्रवेशद्धारसम्म सहयोग

2.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।

एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।

कार्यपालिका सदस्य मनमाया तामाङ्ग

कार्यपालिका सदस्य मनमाया तामाङ्ग निजगढ वडा नं. ८ गुम्बा टोलकी हुन् । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुँदै दोस्रो पटक कार्यपालिका सदस्य बनेकी हुन् । उनी नेपाली कांग्रेसकी प्रदेश समिति सदस्य समेत हुन् । राजनीतिसँगै मनमायाको पार्लरको व्यवसाय पनि छ ।

कार्यपालिका सदस्य मनमायाले कोषबाट प्राप्त बजेटबाट जत्तापाता वितरण र गुम्बाको मुलगेट निर्माण गराएकी छिन् ।

के–के भए कार्यक्रम ?

कोषको ५ लाख बजेटमा निजगढ–८ गुम्बाटोलस्थित टाँसीई छोयफिलिङ गुम्बा गेट निर्माण गर्न छनौंट गरेकी छिन् ।

त्यसैगरि वडाका पाँच परिवारलाई जस्तापाता वितरण गरिएको छ । क्रियटिभ स्किल डेभलपमेन्ट प्रा. लि. को आयोजनमा तीन लाख १२ हजार बजेटमा विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।

 

nijgadh-supermart-adz1200-630