skip this farak Kura Pravakar

घरबाट पढ्न हिडेकी १५ वर्षीया आस्थाको शव ४ दिनपछि भारतको मोहना नदीमा भेटियो

मृतकको बुवाले गरे छोरीको शवको पहिचान

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– धनगढी उपमहानगरपालिका–१३ की १५ वर्षीया आस्था शर्माको शव शुक्रबार बिहान मोहना नदीमा फेला परेको छ ।

धनगढीबाट सोमबारदेखि बेपत्ता भएकी आस्थाको खोज्ने क्रममा उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो ।

विद्यालय जान्छु भनेर घरबाट हिँडेकी आस्था त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो । मोहना नदीमा फेला परेको शव आस्था शर्माको भएको खुलेको प्रहरीले जनाएको छ ।

आस्थाले लगाएको ट्रयाकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेपछि उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताए । ‘कागजमा कविता लेखिएको छ,’ प्रहरी प्रवक्ता जोशीले भने–कविताको अन्त्यमा आस्था शर्मा लेखिएको पाईएको छ ।’ घटनास्थलमा मृतकका आफन्त पुगेका छन् । आस्थाको हातमा कालो धाँगो बाधिएको रहेछ, त्यसका आधारमा पनि मृतकको बुवाले छोरीको शव भएको पहिचान गरेका छन् ।

nijgadh-supermart-adz1200-630