हङकङका प्रजातान्त्रिक कार्यकर्तामाथि आक्रमण :चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण
वि.सं.२०७९ कात्तिक २ बुधवार ११:३४
Pro-democracy activist Lee Cheuk-yan, center, arrives at a court in Hong Kong Friday, April 16, 2021. Seven of Hong Kong’s leading pro-democracy advocates, including Lee, 82-year-old veteran activist Martin Lee and pro-democracy media tycoon Jimmy Lai, are expected to be sentenced Friday for organizing a march during the 2019 anti-government protests that triggered an overwhelming crackdown from Beijing. (AP Photo/Kin Cheung)
लन्डन–उत्तरी बेलायतकोे म्यानचेस्टरस्थित वाणिज्य दूतावासको मैदानमा हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमण गरिएपछि बेलायतको विदेश मन्त्रालयले चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ ।
हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास नजिक कुटपिट भएको थियो । कुटपिटको बेलायतका कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् । हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो ।
वि.सं.२०७९ कात्तिक २ बुधवार ११:३४

















