skip this yams_Max_Hospital.jpeg

बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. १४ औं वार्षिक साधारणसभा सम्पन्न

597 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. १४ औं वार्षिक साधारणसभा एवम् ईकाइ प्रतिनिधिहरुको बैंठक सम्पन्न भएको छ ।

साधारण सभाको बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्यूत प्रसाद मैनालीले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले देश कठिन मोडमा उभिएको भन्दै स्रोतको सुनिश्चि नहुँदै शिलन्यास गर्ने होडले गर्दा बजेटमा समस्या भएको बताए ।

सांसद मैनालीले दुग्ध किसानको समस्या समाधान गर्न समन्वय गर्ने र निकाश निकाल्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले बागदेव दुग्ध उत्पादक सहकारी संस्था किसानमा आधारित र किसानप्रति समर्पित संस्था भएको बताए ।

मेयर पुरीले किसानबारे योजना बनाउँदा स्थानीयसँग समन्वय गर्न मधेस दुग्ध विकास बोर्डसँग आग्रह गरेका छन् ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङले बागदेव दुग्ध उत्पादक सहकारीले अब विभिन्न उत्पादनमा ध्यान दिनुपर्ने बताईन् । उनले डेरी उत्पादनका विभिन्न परिकार बनाएर बजारमा लैजानुपर्ने धारणा राखिन् ।

कार्यक्रममा मधेस प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साहले कृषकको मागमा आधारित अनुदान कार्यक्रमको केहिदिन भित्रै सूचना प्रकाशित गरिने जानकारी दिए ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले दक्षिण नाकामा कडाई नहुँदा दुग्ध क्षेत्रमा समस्या आएको बताए ।

त्यस्तै दुग्ध सहकारी संघ बाराका अध्यक्ष पुरुषोत्तम भट्टराईले गरिखाने वर्गको पक्षमा सरकारले नसुनेको बताए । उनले भुक्तानीको लागि पहल भईरहेको भन्दै संसदमा आवाज उठाई दिन आग्रह समेत गरे । उनले प्रदेश सरकारले थप गर्ने अनुदान रकमबारे ध्यानाकषर्ण गराएका थिए ।

त्यस्तै निजगढ नगर सहकारी सञ्जालका संयोजक भोलाप्रसाद गौतमले आय आर्जन बृद्धि गर्नमा दुग्ध सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए ।

त्यस्तै संस्थाका पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाईले कृषिको विकल्प अरु हुन नसक्ने बताए । उनले भुक्तानी रोकिदा धेरै क्षेत्रमा प्रभाव परेको सुनाए ।

त्यस्तै संस्थाका पूर्व अध्यक्ष थानेश्वर सापकोटाले हरेक व्यवसाय विग्रिएको अवस्थामा दुग्ध क्षेत्रमा पनि समस्या आएको बताए । उनले सहकारी क्षेत्रमा समस्या आउँदा गम्भिर भएर सोच्नु पर्ने बताए ।

त्यस्तै डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष होमनाथ पण्डितले विगत दुई वर्षदेखि निकै गाहे अवस्थाबाट गुज्रिनु परेकाले किसानमा निराशा छाएको सुनाए ।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष सुदर्शनप्रसाद कोईरालाले बागदेवले संक्रमणकालिन अवस्थालाई पार लगाउन सफल भएको बताए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक एवं निजगढ नगर सहकारी तथा योजना शाखा प्रमुख अजयकुमार उप्रेतीले सेयर सदस्य मालिक र ग्राहक हुने संस्था नै सहकारी भएको बताउँदै सेयर सदस्य सक्रिय भएमात्र संस्था अब्बल हुने जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले प्रगति प्रतिवेद प्रस्तुत गर्दै धेरै प्रश्नहरुको घेराको विचमा सदस्यहरुसँग प्रत्यक्ष पुग्न इकाई भेला आयोजना गरिएको बताए । उनले ७ वटा इकाई भेलामार्फत भ्रम चिर्न सफल भएको बताए ।

उनले संस्थाले उत्पादन गरेको सामाग्रीले ब्राण्ड प्राप्त गरेसँगै व्यवसायिक रुपमा थप अगाडी बढ्न सहज हुने बताए ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक राजन तिमल्सिनाले लेखा प्रतिवेदन पेश गरेका थिए ।

त्यस्तै संस्थाका व्यवस्थापक शौरभ अधिकारीले आर्थिक प्रतिवेदनसहित आगामी बजेट प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा उत्कृष्ठ कृषकलाई सम्मान गरिएको थियो । २१ हजार नौं सय ४५ लिटर दुग्ध विक्रि गर्ने बकैया ठाकुर पशुपालन फर्म सर्वोकृष्ट भएको छ । १६ हजार चार सय ४९ लिटर दुग्ध विक्रि गर्ने कैलाश खड्का र १३ हजार ४ सय ३६ लिटर दुग्ध विक्रि गर्ने रामप्रसाद हुमागाई सम्मानित भएका छन् । उनीहरुलाई नगद र सम्मान–पत्रले मेयर पुरीले सम्मान गरेका हुन् ।

त्यस्तै कार्यक्रममा पूर्व कर्मचारी सम्मानबाट पूर्व लेखापाल गोविन्द प्रसाद गौतम, पूर्व सहलेखापाल सर्मिला अधिकारी, पूजा भट्टराई र कार्यालय सहयोगी विष्णुप्रसाद भट्टराईलाई कर्मचारी सम्मान प्रदान गरिएको छ ।

त्यस्तै पूर्व सञ्चालक सम्मान पूर्व उपाध्यक्ष अर्जुन घिमिरे, कोषाध्यक्ष मोहन सापकोटा र सदस्य पुरुषोत्तम भट्टराई, नेत्रप्रसाद गौतम, शेषप्रसाद गौतम, नविन चौलागाई, यतिन्द्र तिमल्सिना, प्रेममाया सापकोटा, गोमा घताने, पूर्व लेखा समिति संयोजक रामकृष्ण सिग्देल, लेखा सदस्य योगमाया अधिकारीलाई प्रदान गरिएको छ ।

त्यसैगरी कुशल व्यवसाय तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोईराला, युके टेन्टका सञ्चालक प्रकाश तिमिल्सिना र सरोज तिमल्सिना, उत्कृष्ट कर्मचारी सम्मानबाट अर्जुन गौतम र कदर पत्रबाट केशव सापकोटालाई सम्मान गरिएको छ ।

त्यस्तै उत्कृष्ट पत्रकारित पुरस्कारबाट पत्रकार प्रलाद तिमल्सिनालाई सम्मान–पत्रले सम्मान गरिएको छ ।

त्यस्तै वित्तिय संस्था सम्मान अ‍ैचोपैचो साकोस र सरल बहुउद्देश्यीय सहकारी संस्थालाई प्रदान गरिएको छ । त्यस्तै निर्वाचन मण्डललाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा नव निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा लेखा सदस्यलाई पद तथा गोपनियताको सपथ गराईएको थियो । निर्वाचन मण्डलका संयोजक अजयकुमार उप्रेतीले सपथ गराएका हुन् । नव निर्वाचित कोषाध्यक्ष भोला प्रसाद ढुंगाना, उप सचिव गंगा प्रसाद दंगाल, महिला सदस्य लिलामाया सोनार्नी, लेखा सुपरीवेक्षण समितिका महिला सदस्य देबकी अधिकारीलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेस प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शंकर साह, निजगढ नगरपालिका कार्यपालिका सदस्य सर्मिला वि.क., निजगढ नगरपालिका पशु शाखा प्रमुख युगलकिशोर सिंह, नेकपा (एमाले) निजगढ नगर सचिव तिलक घलान, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायि संघ निजगढका अध्यक्ष रामकृष्ण घिमिरे, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोईराला, अ‍ैचोपैचो साकोसका सचिव चुडामणी चौलागाई, संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद बन्जरा, टिकाराम तिमल्सिना, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक सन्तोष भुजेल, सरल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोरख बहादुर खड्का, सार्वजनिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टुकबहादुर तिमल्सिनाले र सञ्चालन सचिव प्रकाश सापकोटाले गरेका थिए ।

nijgadh-supermart-adz1200-630