skip this yams_Max_Hospital.jpeg

ज्येष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई निजगढ १२ नम्बर वडाले बाड्यो थर्मस र ब्ल्यांकेट सिरक

408 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढ नगरपालिका १२ नम्बर वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई थर्मस र ब्ल्यांकेट सिरक वितरण गरेको छ ।

कार्यालयले पूर्ण अपाङ्गता भएका ३ जना र ७५ वर्ष कटेका ३७ जना, ८१ वर्ष माथिका ३८ जना वडाबासीहरुलाई एक÷एक थान थर्मस र ब्ल्यांकेट सिरक वितरण गरिएको हो ।

रामथलीस्थित वडा कार्यालय भवनमा एक कार्यक्रमका विच वडा नं. १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले, वडा सदस्य चन्द्र मान तमाङ, शम्फु थोकर, वडा सदस्य सुकु माया रुम्बा र बुद्धिमाया विश्वकर्मा, वडा सचिव अरुणकुमार बस्नेतले वितरण गरेका हुन् ।

५५ जनालाई कार्यालयबाट वितरण भएको र बाँकी सेवाग्राहीलाई जनप्रतिनिधि घरमै पुगेर वितरण गर्ने योजना रहेको वडा सचिव अरुणकुमार बस्नेतले जानकारी दिए ।

जेष्ठ तथा पूर्ण अपाङ्ग नागरिकहरूलाई सम्मान स्वरूप सामग्री वितरण कार्यक्रम गरिएको वडा अध्यक्ष गोलले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630