skip this

भारतमाथि बालेनको ‘जवाफी हमला’–ग्रेटर नेपालको नक्सापछि आदिपुरुष प्रदर्शनमा प्रतिवन्ध !

2.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–भारतले उसको नयाँ संसद भवनमा नेपालको भूभाग समेटेर दोस्रो पटक नक्सा सार्वजनिक गरेर दोस्रो पटक हमला गर्‍यो । यसअघि लिपुलेक र लिम्पीयाधुरा समेटेर नक्सा सार्वजनिक गरेको थियो ।

भारतीय फिल्म आधिपुरुषमार्फत नेपालको जानकी सिता भारतकी भएको भन्दै भारतले सांस्कृतिक हमला गर्‍यो । यसअघि नेपालका गौतम बुद्धमाथि उसका विभिन्न चलचित्र, टेलिफिल्म र नेताका भाषणहरुमा भारतको भएको अभिब्यक्ति बाहिर आईरहेका थिए । यस विरुद्ध नेपालमा बुद्ध वाज बर्न ईन नेपाल अभियान सञ्चालन भईरहेको छ ।

संसद भवनको राजनीतिक नभई सांस्कृतिक नक्सा भएको भारतले दाबी गरिरहेका बेलामा नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई भारतीय पक्षले यहि विषयमा विश्वस्त पारेर पठाएको र लगत्तै भारतीय विदेश विभागले नियमित पत्रकार सम्मेलनमा समेत क्रममा यहि कुरा उल्लेख गरेर छिमेकी मुलुकले कुरा बुझिसकेको भनेर प्रतिकृया दिएको थियो ।

तर नेपालजन उसको प्रतिकृयाबाट ढुक्क भएनन्, बरु त्यसको प्रतिकार गर्न नेपालले ‘ग्रेटर नेपाल’ को नक्सा संसद भवनमा राख्नु पर्ने आवाज उठ्यो । तर, त्यो कार्यान्वयन भएन ।

बालेनको पहिलो फायर

सिंहदरबारलाई चुनौति दिदै आएका काठमाडौंका मेयर बालेन्द्र साह बालेनले दिल्लीविरुद्ध समेत जवाफी फायर खोले–आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा झुण्डाए । उनको एक्सनलाई अर्का स्वतन्त्र मेयर हर्क स्याम्पाङले स्वागत गर्दै धरान उपमहानगरकामा समेत झुण्डाउने घोषणा गरे । अहिले देशका विभिन्न पालिकाका वडा अध्यक्षहरुले पनि कार्यकक्षमा यो नक्सा राखेका छन् ।

सामाजिक सञ्जालमा बालेनको कदमलाई ‘बोल्ड’ निर्णय भन्दै प्रशंसा भईरहेको छ । ‘ग्रेटर नेपाल’ को नक्सा कार्यान्वयनको विषयमा छुट्टै बहस भईरहेकै छ ।

लिपुलेक र लिम्पीयाधुरा भूमीलाई भारतले आफ्नो नक्सामा समेट्दा तत्कालिन नेकपा नेतृत्वका सरकारले केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिमा संविधान संसोधन गरेर नेपालको नयाँ चुच्चे नक्सा जारी गरेर भारतलाई जवाफ दिईएको थियो । तर, नेपाली भूमी फिर्ताको विषय भने कार्यान्यन हुन सकेको छैन । त्यहाँ भारतीय सैनिक क्याम्प खडा गरेर बसेका छन् ।

बालेनको दोस्रो फायर

शुक्रबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म आदिपुरुषलाई काठमाडौं महानगरभित्र प्रदर्शनमा रोक लगाउने मेयर साहले निर्णय सुनाएर दोस्रो फायर खोलेका छन् । फिल्ममा भारती छोरी भनेर माता जानकीलाई उल्लेख गरिएको संवाद नहटाएसम्म फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउने साहको कदमको यतिबेला चर्चा र प्रशंसा भईरहेको छ । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर फिल्मको आपत्ति जनक अशं हटाउन पहल गर्न आग्रह गरेका छन् ।

यो विषयले शुक्रबारको संसद बैठकमा पनि प्रवेश पाएको छ । रास्वपाका सांसद आशिष शाहले मेयर साहको कदमको प्रशंसा गर्दै परराष्ट्र र सञ्चार मन्त्रालयलाई गम्भीर हुन ध्यानाकषर्ण गराएका थिए ।

nijgadh-supermart-adz1200-630