skip this

ओली निवास बालकोटमा बढ्यो चहलपहल (फोटो फिचर)

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एकाएक राजनीतिक चहलपहल बढेको छ।

सत्ता गठबन्धनमा सहमति नजुटेपछि बाहिरिएका प्रचण्ड ओलीसँग छलफल गर्न बालकोट गएसँगै अन्य साना दल पनि बालकोट पुगेका छन्।

सरकार गठनका लागि आवश्यक १३८ सिट पुर्‍याएर एमालेले पहल सुरू गरेपछि ३२ सिट रहेको तेस्रो ठूलो दल माओवादी केन्द्र, २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट रहेको राप्रपा र १२ सिट रहेको जसपाले छलफल अघि बढाएका हुन्।

नयाँ गठबन्धन निर्माणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपा नेता अशोक राई बालकोट पुगेका छन्।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए।

 

nijgadh-supermart-adz1200-630