बारामा अखिलले रच्यो इतिहास ! गौरीशंकर क्याम्पस निजगढको सभापति अखिलका हुमागाई, अरु पदमा नेविसंघ विजयी
वि.सं.२०८१ चैत ६ बुधवार २१:२२

बारा– बारामा स्ववियू निर्वाचनमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले (अखिल) ले इतिहास रचेको छ ।
गौरीशंकर क्याम्पस निजगढको नेतृत्व अखिलले जितेसँगै बाराको इतिहासमा पहिलो पटक भएको स्ववियू निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेको हो ।
जिल्लामा रहेका ७ वटा क्याम्पस मध्ये गौरीशंकरमा मात्रै स्ववियू निर्वाचन भएको हो । निर्वाचनमा अनेरास्ववियुका बालकृष्ण हुमागाई विजयी भएका छन् ।
कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जनलाई तीन मतले पछि पार्दै हुमागाइले जित हात पारेका हुन् । हुमागाईले एक सय ३५ मत ल्याउँदा बोञ्जनले एक सय ३२ मत पाए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले उज्जल प्रसाईले ५९ मत ल्याएका छन् ।
त्यस्तै सचिव पदमा नेविसंघकी प्रवना लामा, कोषाध्यक्षमा नेविसंघका रामकुमार कुमर, सदस्यमा नेविसंघकै श्रीजेश बुढाथोकी, रिया सिग्देल, रोहित साह कानु, विश्वास सुवार बजगाई विजयी भएका छन् ।
त्यस्तै समानुपातिकतर्फका सदस्य पदमा पूर्णिका थपलिया, प्रसुना गिरी, भिमकुमारी पुलामी, साइजाद मोहमद, रविना तिमल्सिना, अबिना सिग्देल र प्रगति उपाध्याय विजयी भएका छन् ।

वि.सं.२०८१ चैत ६ बुधवार २१:२२