skip this farak Kura Pravakar

प्रधानमन्त्रीकै पार्टीका वडा अध्यक्ष प्रहरी खोरमा ! एमालेले भन्यो–झुटा मुद्दा लगाईयो

जिल्ला इन्चार्ज र उपमहानगर कमिटीको बयान बाझियो

2.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ता पाँच दिनदेखि प्रहरी हिरासतमा छन् ।

जीतपुरका परशुराम गिरीको जाहेरीमा पक्राउ परेका वडा अध्यक्ष गुप्ता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् ।

आफु निकटलाई बचाउने काम गरेको आरोप खेप्दै आएको सरकारकै नेतृत्व गरेको दलबाट निर्वाचित जीतपुरका जनप्रतिनिधि भने तीन वटा मुद्दा बोकेर प्रहरी हिरासतमा छन् ।

घटनाबारे एमालेबाटै बारा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद ज्वाला साहले सदनमा आवाज उठाएको भोलिपल्ट जीतपुरसिमरा उपमहानगर कमिटीले विज्ञप्ती निकालेर झुटा मुद्दा लगाईएको गुनासो गरेको छ ।

उपमहानगर कमिटी सचिव रत्नप्रसाद उप्रेतीले प्रकाशित गरेको विज्ञप्तीमा घटनासंग कुनै सम्बन्ध नभएका र घटना भएको थाहा पाएर जनप्रतिनिधिको हैसियतले झगडा साम्य पार्न पुगेका वडाध्यक्ष गुप्तालाई छलफल गर्न भनि बोलाएर पक्राउ गरिएको उल्लेख छ ।

नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षलाई केही राजनीतिक दल र तिनका नेताहरुको पूर्वाग्रहका कारण डाँका, ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो जस्ता बेप्रशंगका र सर्वथा झुठा मुद्धा लगाइएको विज्ञप्तीमार्फत आरोप लगाईएको छ ।

विज्ञप्तीमार्फत वडा अध्यक्ष गुप्तालाई अनावश्यक र अन्यायपूर्वक थुनामा राखिएको भन्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै तुरुन्त रिहा गर्न माग गरिएको छ । जीतपुरमा भएको घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन समेत एमालेले माग गरेको छ ।

पार्टीको बयान बाझियो

फागुपूर्णिमाको रात भएको घटनामा वडा अध्यक्षको संलग्नताबारे एमाले जिल्ला इन्चार्ज र उपमहानगर कमिटीको बयान बाझिएको छ ।

पूर्व मन्त्री समेत रहेकी सांसद साहले सदनमा अपराधिक उपद्रो मुद्दा मात्रै लगाउनु पर्नेमा डाँका, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको भन्दै असन्तुष्टि जनाएकी थिईन् ।

तर, उपमहानगर कमिटीले भने तीन वटै मुद्दा झुटो भएको दाबी गर्दै तुरुन्तै रिहा गर्नुपर्ने माग अघि सारेको छ ।

जीतपुर प्रकरणमा ज्वाला भर्सेस किसान ! वडा अध्यक्ष गुप्ताकाे बचाउमा उत्रिईन् ज्वाला

nijgadh-supermart-adz1200-630