skip this farak Kura Pravakar

गौरीशंकर क्याम्पस निजगढको स्ववियू निर्वाचनको तीन सय मतणना सकियो, अखिल र नेविसंघको मतान्तर दुई

624 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–९ स्थित गौरीशंकर क्याम्पस स्ववियू निर्वाचनको तीन सय मत गणना भएको छ ।

३३४ मतमध्ये आधा भन्दा बढी मतगणना सकिदा स्ववियूको नेतृत्वका लागि अखिल र नेविसंघको उम्मेदवारविच दुई मतको मात्र मतान्तर देखिएको छ ।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका बालकृष्ण हुमागाईले एक सय २३ मत ल्याउँदा नेपाली कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जनले एक सय २१ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले उज्जल प्रसाईले ५१ मत ल्याएका छन् ।

त्यस्तै सचिव पदमा नेविसंघका उम्मेदवारलाई पछि पार्दै अखिलका उम्मेदवारले अग्रता बनाएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा भने नेविसंघकै उम्मेदवारको अग्रता कायम छ । अखिलका सचिवले १ सय १४ र नेविसंघका एक सय ४ र अखिल (क्रान्तिकारी) को ८४ मत छ ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघको एक सय २२, अखिलको एक सय ७ र अखिल (क्रान्तिकारी) को ६३ मत छ ।

nijgadh-supermart-adz1200-630