skip this

तपस्वी रामहादुर बम्जन पक्राउप्रति अनुयायीकाे आक्राेश ! युवराज लामा भन्छन्- राम्रो संकेत हाेईन

2.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढस्थित चारकोसे झाडीमा तपस्या गरेर धर्मसंघकाे पहिचान बनाएका राममहादुर बम्जनलाई मंगलबार प्रहरी पक्राउ गरेसँगै उनका अनुयायीहरुले आक्राेश व्यक्त गरेका छन् ।

अनुयायी बताउने छेतुप तामाङले हाम्रो राष्ट्रियता र पहिचान माथिको आक्रमणको रुपमा लिएका जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्- यस्तो घृणित कार्यले हामी अनुयायीहरु एक इन्च पनि ढगमगाउने छैन् । झन् हामीलाई अध्यात्मिक रुपमा बलियो बनाउन सहयोग मिल्नेछ ।

मैत्री गुरुलाई कपोलकल्पित आरोप लाएर, मुद्धा दर्ता गरेर पक्राउ गरेकाे आराेप लगाउँदै उनले लेखेका छन्-रातो भेषको दुरुपयोग गरेर, अनेक प्रपन्च रचेर, क्रिश्चियनको हरियो डलर खानेहरुले, सेतो भेष लाउने, नेपालकै रगत, बैदिक सनातानी धर्मबाट नै स्वत स्फुर्त उदाएको सत्य मार्ग हाे ।

राम्रो संकेत हाेइन : लामा

राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य सचिव एवं कलाकार युवराज लामाले बम्जन पक्राउ गर्नुलाई राम्रो संकेत नभएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्-बर्तमान युगको चर्चित तपस्बी राम बहादुर बोम्जन सम्बोधी धर्म संघ मैत्री मंगलम गुरुलाई बिभिन्न आक्षेप र आरोप लगाएर पक्राउ गर्नु राम्रो संकेत होइन !! कर्मको फल भोग नै पर्छ ।

बम्जनलाई काठमाडौंको बुढानिलकण्ठस्थित एक घरबाट मंगलबार पक्राउ गरेकाे थियाे ।

nijgadh-supermart-adz1200-630