यी हुन् बारा-१ काे सत्ता गठबन्धनकाे चुनावी कमान्डर
वि.सं.२०७९ कात्तिक १३ आइतवार ११:४१
3.71K
shares

बारा-सत्तारुढ गठबन्धनले बारा क्षेत्र नम्बर १ मा लाेकप्रिय युवा नेतालाई चुनावी कमान्डर बनाएको छ ।
सत्ता गठबन्धनकाे प्रमुख घटक नेपाली कांग्रेसका विजय यादब र नेकपा(माओवादी केन्द्र) ले रविराज दंगाललाइ कमान्डर ताेकेकाे हाे ।
यादब पार्टीको क्षेत्रिय सभापति हुन् भने दंगाल पार्टीकाे मधेस प्रदेश कमिटी हुन् ।
याे क्षेत्रमा खानेपानी मन्त्री उमाकान्त चाैधरी प्रतिनिधि सभामा उम्मेदवार छन् । प्रदेशतर्फ (क) मा रमेशप्रसाद दंगाल र ख मा नागेन्द्रप्रसाद साह र बतहु यादब उम्मेदवार छन् । ख मा कांग्रेस र नेकपा (एस) बीच मित्रवत प्रतिस्पर्धा भएकाे छ ।
वि.सं.२०७९ कात्तिक १३ आइतवार ११:४१


















