skip this hetauda tech

बारा १ मा माओवादीको समानुपातिक उम्मेदवार : जनयुद्धका शहीद पत्नीदेखि मुस्लिम महिला को हुन् ?

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बारा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार छन् । प्रत्यक्षतर्फ उम्मेदवारी नभएको नेकपा (माओवादी केन्द्र) को समानुपातिकतर्फ भने दुई जना उम्मेदवार छन् ।

क्षेत्रमा हाम्रो पार्टीले शहीद परिवार र मुस्लिम महिलालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । जनयुद्धका शहीद अक्षयलाल प्रसाद कुश्वाहकी पत्नी उर्मिलादेवी कोईरी प्रतिनिधि सभा र मासुम खातुन प्रदेश सभामा उम्मेदवार रहेको ने.क.पा (माओवादी केन्द्र) बारा क्षेत्र नं. १ का संयोजक रविराज दंगालले जानकारी दिए ।

को हुन् उर्मिलादेवी ?

प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवार रहेकी उर्मिलादेवि कोईरी सिम्रौनगढ नगरपालिकाकी हुन् । २०२८ मा जन्मेएकी उर्मिलाकी पति अक्षयलाल प्रसाद कुशवाह जनयुद्धकालिन शहीद हुन् । अक्षयलाल २०६० पुस २ सिम्रौनगढ–५ मा तत्कालिन शाही नेपाली सेनाले गोली हानी हत्या गरेको थियो ।

को हुन् मासुम खातुन ?

प्रदेशसभातर्फ मधेश प्रदेशमा माओवादीले आदर्श कोतवलकी मासुम खातुनलाई समानुपातिक उम्मेदवार बनाएको छ । माओवादीमा आवद्ध उनका पति इस्लाम हवारी २०७४ मा प्रदेश सभामा प्रत्यक्षतर्फमा उम्मेदवार थिए ।

ने.क.पा (माओवादी केन्द्र) बारा क्षेत्र नं. १ का संयोजक रविराज दंगालले सत्ता गठबन्धनको सहमतिको मर्म अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई मत दिन आह्वान गरे । उनले समानुपातिकतर्फ भने आफ्नो पार्टीलाई मत दिने अधिकार सदुपयोग गर्दै समानुपातिकतर्फ कालो मतपत्रमा गोलाकारभित्रको हसिँया हथौडा चुनाव चिन्हमा मत दिन आह्वान गर्दै अपील प्रकाशन गरिएको बताए ।

‘हाम्रो पार्टीको मतदाताले समानुपातिकतर्फ गोलाकारभित्रको हसिँया हथौडा चुनाव चिन्हमा मत दिनेछन,’ नेता दंगालले भने– ‘मतदाताका विचमा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार र समानुपातिकतर्फ आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अपीलसहित मतदातको विचमा पुग्दैछौं । मत कसरी खसाल्ने भनेर नमुना मतपत्र सहित पुगिरहेका छौं । ’

माओवादीको अपिल

ने.क.पा (माओवादी केन्द्र) बारा निर्वाचन क्षेत्र नं. १ को अपील
प्रत्यक्षतर्फ रातो मतपत्रमा रुख चिन्हमा मत दिऔं !
समानुपातिकतर्फ कालो मतपत्रमा गोलाकारभित्रको हसिँया हथौडा चुनाव चिन्हमा मत दिऔं !

आदरणीय न्यायप्रेमी जनसमुदाय !
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हामी सभागि हुदैछौं । नेपाली जनताको लामो त्याग र बलिदानीबाट प्राप्त भएको गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहको दोस्रो निर्वाचन भर्खरै सकिएको छ ।

२०७८ असारमा निर्माण भएको पाँच दलिय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधानको भावना र मर्म विपरित दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालिन ओली नेतृत्वको सरकारको विभिन्न स्वच्छचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजायर छ ।

१० वर्षे जनयुद्धसहित विभिन्न कालखण्डको संघर्षबाट प्राप्त उपलब्धीको रक्षा गर्नु नेकपा (माओवादी केन्द्र) को मुख्य जिम्मेवारी बन्न पुग्यो । माओवादीले नै यो व्यवस्थाको रक्षा र विकास गर्न अझैं बाम–लोकतान्त्रिक शक्तिहरुसंगको सहकार्य र समन्वय गर्न सक्छ भन्ने कुराको प्रमाणित पनि पटक–पटक भईसकेको छ ।

आदरणीय न्यायप्रेमी जनसमुदाय, नेकपा (माओवादी केन्द्र) ले बारा जिल्ला लगायत यस क्षेत्रमा थुप्रै विकास निर्माण र जनताको पक्षमा विभिन्न काम गर्दै आएको छ । माओवादी केन्द्रकै अध्यक्ष प्रचण्डको नेतृत्वमा २०७४ जेठ १४ गते नेपाली सेनाले निर्माण गर्ने गरि निजगढ–काठमाण्डौं तराई मधेस द्रतमार्ग (फास्ट ट्रयाक) को शिलान्यास भई निर्माण कार्य अघि बढिरहेको छ । यसैगरि सिम्रौनगढमा ईलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय स्थापना, कोल्हवीमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माओवादी नेतृत्व सफल भएको छ । यसैगरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा समावेश गर्ने कार्य माओवादी नेतृत्वको सरकारले नै गरेको र यसलाई निर्माण पुरा गर्न जनस्तरबाट हामीले नै पहल लिएका छौं । यसरी माओवादी यहाँको विकास, समृद्धि र जनताको सुविधाको लागि हरपल साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछ ।

४ मंसिरमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार र समानुपातिकतर्फ हाम्रो गौरबशाली पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह गोलाकारभित्रको हसिँया हथौडामा मतदान गर्नुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मत दिनुपर्ने छ । त्यसैगरि समानुपातिकतर्फ कालो मतपत्रमा गोलाकारभित्रको हसिँया हथौडामा स्वस्तिक छाप लगाई मत दिऔं ।

यस क्षेत्रमा हाम्रो पार्टीले शहीद परिवार र मुस्लिम महिलालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको जनसमुदायमा जानकारी गराउन चाहान्छौं । जनयुद्धका शहीद अक्षयलाल प्रसाद कुश्वाहकी पत्नी क.उर्मिलादेवी कोईरी प्रतिनिधि सभा र क.मासुमा खातुन प्रदेश सभामा उम्मेदवार हुनुहुन्छ । हामीले पार्टीको जनमत देखाउने अवसरका रुपमा समानुपातिक मतलाई लिर्दै उत्साहजनक रुपमा मतदानमा सहभागि हुन आह्वान गर्दछौं साथै समानुपातिक मत बढाउन सबैं तह र तप्काका नेता, कार्यकर्ता विशेष रुपमा परिचालन भई दिन हुन समेत आग्रह छ ।

अभिवाद सहित धन्यवाद !

१.क. रविराज दंगाल
संयोजक
ने.क.पा (माओवादी केन्द्र) बारा क्षेत्र नं. १
२.श्यामकिशोर प्रसाद यादब
संयोजक
ने.क.पा (माओवादी केन्द्र) बारा क्षेत्र नं. १ (ख)
३.छविलाल चौधरी
संयोजक
ने.क.पा (माओवादी केन्द्र) बारा क्षेत्र नं. १ (क)

nijgadh-supermart-adz1200-630