skip this farak Kura Pravakar

बारा क्षेत्र नं. ४ लाई कृषि विकासको नयाँ मोडल बनाएर विस्तार गछौं : अनिल श्रेष्ठ

2.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. ४ (क) का सत्ता गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिलले बारा क्षेत्र नं. ४ लाई कृषि विकासको नयाँ मोडल बनाएर विस्तार गर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका नेता श्रेष्ठले किसानको व्यवसायिकरण, यान्त्रिकरण र सडक सञ्जालसंग जोडेर बजारीकरण गर्ने बताए ।

कलैया उपमहानगरपालिका १७ सुराहिमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले कृषिमा सिचाई, मलविउ, व्यवसायिक तालिम दिने बताए । यसका लागि प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले जित्नुपर्ने बताए । उनले एक पटक काम गर्ने मौका दिन आग्रह गरेका छन् ।

सत्ता गठबन्धनमा माहोल

नेता श्रेष्ठले सत्ता गठबन्धनको पक्षमा जनताको माहोल सृजना भएको बताएका छन् ।

संविधान, लोकतन्त्र मास्ने विरुद्ध त्यसलाई बचाउन गठबन्धन बनेको गठबन्धन पवित्र गठबन्धन भएको जनताले बुझेकाले जनताले विश्वास गरेको नेता श्रेष्ठले बताएका छन् ।

व्यवस्था बचाएर विकास निर्माण गर्न सत्ता गठबन्धन आवश्यक रहेको भन्दै राजनीतिक आन्दोलन पुरा भएकोले विकास निर्माणको काम अघि बढाउने मुख्य एजेण्डा बनेको बताए । सद्भावसहितको विकास गर्नुपर्छ, उनले भने ।

nijgadh-supermart-adz1200-630