skip this

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारमा पुगे बारा ४ का सत्ता गठबन्धनका उम्मेदवार

1.96K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बारा क्षेत्र नं. ४ का सत्तागठबन्धनका उम्मेदवार बाराको जीतपुरसिमरा २१ अम्मेखगञ्जमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी रैकैदा खातुनको परिवारलाई भेट्न पुगेका छन् ।

प्रतिनिधि सभातर्फका उम्मेदवार पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभातर्फका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिल अम्लेखगञ्जस्थित घरमा पुगेका हुन् ।

जंगल गएको अवस्थामा हात्तीको आक्रमणमा परेकी खातुनको सिमरामा उपचारको क्रममा ज्यान गएको थियो ।

भेटमा नेकपा (एस) का पोलिटव्यूरो सदस्य दिनेश राई लगायतको उपस्थिति रहेको थियोे ।

nijgadh-supermart-adz1200-630