skip this

बारा प्रशासनले भन्याे-आज राती १२ बजेदेखि सिमा नाका बन्द ! यी सवारी निषेध

2.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर भारतसँग जाेडिएकाे सिमानाका बन्द गरिने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय बाराले सूचना प्रकाशित गरेर आज राती १२ बजेबाट सिमा नाका बन्द गरिने जनाएको छ । नाका मंसिर ४ गतेसम्म नाका बन्द रहनेछ ।

त्यसैरि मतदानकाे अघिल्लो रातबाट अत्यावश्यक सवारी बाहेक अन्य सवारी सञ्चालनमा समेत राेक लगाइने भएकाे छ । मंसिर ३ गते राति १२ बजेदेखि मंसिर ४ गते दिनभर एम्बुलेन्स, दूध तथा ओैषधि बाेकेका सवारी साधन, खानेपानी ट्याङ्कर, दमकल, दुरसचार, शव बहान, अस्पताल सेवा तथा विद्युत जस्ता अत्यावश्यक सेवा, कुटनैतिक निकायका नम्बर प्लेट (डिसी उल्लेख) र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।

nijgadh-supermart-adz1200-630