skip this

बारामा एमाले र जसपाबीच प्रतिनिधिसभा ३ क्षेत्रमा तालमेल, एकमा प्रतिस्पर्धा

एमालेले १ र ४ र जसपाले २ क्षेत्र पायाे

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको अन्तिम खाका तयार भएको हो ।

जस अनुसार बाराकाे ४ वटा क्षेत्रमा ३ वटा क्षेत्रकाे बाँडफाँड गरिएकाे छ भने एकमा दुवै दलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहमति अनुसार नेकपा (एमाले)ले प्रतिनिधि सभाकाे १ र ४ र प्रदेश सभाकाे १(क), २ (क), ३ (क), ४ (क) पाएकाे छ ।

त्यसैगरि जसपाले प्रतिनिधि सभाकाे २ र प्रदेश सभाकाे १(ख), २(ख), ३ (ख) र ४ (ख) पाएकाे छ ।

त्यसैगरि प्रतिनिधि सभाकाे ३ मा भने दुवै दलले प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै दलले दाबी गरेपछि याे क्षेत्रमा सहमति नजुटेपछि स्वस्थ्य प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् ।

nijgadh-supermart-adz1200-630