skip this farak Kura Pravakar

बारा १ मा एमालेकाे पुरानै अनुहार ! प्रतिनिधि सभामा मैनाली र प्रदेशमा चाैधरीलाई टिकट

भुगाेल नमिलाएकाे भन्दै असन्तुष्टि

2.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराकाे क्षेत्र नं. १ मा नेकपा (एमाले) ले पुरानै अनुहारलाइ दाेहाेर्याउने भएकाे छ ।

२०७४ मा बाम गठबन्धनबाट एमालेले उठाएकाे उम्मेदवारलाई पुनः टिकट दिएकाे छ ।

एमालेले प्रतिनिधि सभामा अच्युत मैनाली र प्रदेश सभामा त्रिलाेकी चाैधरीलाई टिकट दिएकाे हाे ।

मैनाली कांग्रेसका उम्मेदवार उमाकान्त चाैधरीसंग पराजित भएका थिए भने चाैधरी कांग्रेसका पेमाशिद्वलाइ पराजित गर्दै विजयी भएका थिए ।

असन्तुष्टि बढ्याे

प्रतिनिधि सभा र प्रदेश सभामा पुरानै अनहारलाइ निरन्तरता दिएकाे र भुगाेलकाे सन्तुलन नमिलाएकाे भन्दै असन्तुष्टि बढेकाे छ ।

प्रतिनिधि सभाका उम्मेदवार मैनाली र प्रदेश सभाका उम्मेदवार चाैधरी दुवै काेल्हवीका हुन् ।

अघिल्लो पटक पनि निजगढबाट उम्मेदवार नदिएकाे र यसपटक पनि पुरानै नियति दाेहाेरिएपछि असन्तुष्टि देखिएकाे छ ।

पार्टी अध्यक्ष केपी ओलीले आफू निकटलाई मात्र टिकट दिएकाे भन्दै असन्तुष्टि छ ।

nijgadh-supermart-adz1200-630