skip this farak Kura Pravakar

कार्यपालिका सदस्यको निधनमा बारागढी गाउँपालिकाले दियो शोक विदा

तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–कार्यपालिका सदस्यको निधनमा बारागढी गाउँपालिकाले शोक विदा दिएको छ ।

गाउँ कार्यपालिकाका कार्यपालिका सदस्य रामएकवाल हजराको विहीबार निधन भएको थियो ।

उनको निधनको शोकमा आईतबार अत्यावश्यक सेवा वाहेक गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु सम्पूर्ण वडाकार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य चौकीहरुमा शोक विदा गरिएको हो ।

गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाले शुक्रबार एक सूचना प्रकाशित गर्दै एक दिन शोक विदा र तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाई सम्वेदना प्रकट गर्न लागिएको जानकारी गराएका छन् ।

सूचनामा भनिएको –हजराको निधनले गाउँपालिका परिवार अत्यन्त दुखित, मर्महित तथा स्तब्ध बनेको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै वहाँ प्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजन र आफन्तहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि ईश्वरसँग प्रर्थना गर्दछौं ।

गाउँपालिका कार्यालय खोपवामा शुक्रबार शोक सभा आयोजना गरिएको थियो । शोक सभामा जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630