skip this farak Kura Pravakar

मनाङ जाने बेँसीशहर–चामे सडक पहिरोका कारण अवरुद्ध

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मनाङ जाने एकमात्रै बेँसीशहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ। अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो।खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदिश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक अवरुद्ध बनाएको छ ।डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङले एस्काभेटरको सहयोगले सडक खुलाउने प्रयास गरेको आयोजनाका प्रमुख अच्युतबिलास पन्तले बताए ।

nijgadh-supermart-adz1200-630